पाल्पामा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

तानसेन।सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड अन्तरगत झम्सामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ का ४१ वर्षीय मोहन प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।

तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा बुटवलतर्फ जादैँ गरेको ग १६ प १४६८ नम्बरको मोटरसईलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका पाण्डेको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पाण्डे मोटरसाइकलमा सवार रहेका थिए ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया