‘प्रकाश दुतराज हामीसँगै छन्, सुरक्षित छन’

काठमाडौं। पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेको खबर सार्वजनिक भैरहेका छन् । सांगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले त्यहाँ आफू बसेको फ्याटमा आत्महत्याको प्रयास गरेको खबर फैलिएको हो ।

यस विषयमा प्रकाशले मुख खोलेका छैनन् । यद्यपी, कार्यक्रम आयोजक संस्था म्याग्दी सेवा समाजले भने बाहिर आएका खबरहरु भ्रमित रहेको बताएको छ ।

समाजका अध्यक्ष रमेश रोकाले फेसबुकमा स्टाटस् लेख्दै प्रकाश दुतराज आफूहरुसँग सुरक्षित रहेको बताएका छन् । प्रकाशले आफ्नो आगामी कार्यक्रमको तयारी गरेको समेत रोकाले बताएका छन् । गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेका छन् ।

उनीहरुले केही स्थानमा आफूहरुको प्रस्तुती दिईसकेका छन् भने केही स्थानमा कार्यक्रमको तयारी छ । अन्तर्मुखी स्वभावका दूतराजले मौलिक गीतहरु ल्याउँदै आएका छन् ।

‘बैनी झ्यालैमा’, ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायत उनका चर्चित गीतहरु हुन् । केही दिनअघि सार्वजनिक ‘देउरालीमा’ गीत पनि यतिबेला रुचाईएको छ ।

 

याे पनि हेर्नुहाेस्।

https://www.nayadhar.com/2022/11/9145/

तपाईको प्रतिक्रिया