काठमाडौं।नेपालमा मंगलबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

सुदूरपश्चिमका धेरैजसो जिल्ला तथा देशका अन्य जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन । भूकम्पको धक्का महशुस भएको विभिन्न जिल्लाका नागरिकले समाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया