काठमाडाैं। प्रदेश नं. १ का वनमन्त्री एवं मोरङ क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।

निमोनियाबाट पीडित थापाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

थापा कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार बनेका थिए । थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मंसिर ४ गते नै निर्वाचन गर्नेगरी सो क्षेत्रका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।

तपाईको प्रतिक्रिया