
पाल्पा। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा तानसेनको श्रीनगरडाँडामा सम्पन्न भएको छ । कार्यक्रमको नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका थिए । उनले अन्य जिल्लाको तुलनामा पाल्पा जिल्लाको भूपू सैनिक संघको काम उदाहरणीय रहेको बताए ।
उनले नेपाली सेनाले भूपूहरुको वृद्धि विकास र समस्यामा हातेमालो गर्न तयार रहेको बताए । नेपाली सेनाले विभिन्न समयमा विभिन्न खालका कार्यक्रम र सेवा सुविधाहरु कल्याणकारी मार्फत लागु गरेको हुँदा सबै सेवा सुविधाहरु उपभोग गर्दै भूतपूर्व सैनिक संघले गरेका कार्यक्रममा सबै भूपूहरु सहभागि रहेर काम गर्न उहाँले सबै भूपू सैनिकहरुलाई आग्रह गरे ।
स्वास्थ्य, शिक्षा, सामाजिक विकास, दुर्घटना, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नेपाली सेनाले काम गरिरहेकोले कार्यरत भएपछि अवकास प्राप्त जीवनमा समेत यि सेवाहरुको उपयोग गर्न सबै पाल्पाली भूपूहरुलाई उहाँले जानकारी दिनुभयो । नेपाली सेना र रिटायर्ड भूपूहरु सबै एउटै सैनिक संगठनको परिवार भएकाले सबैले एक अर्कोको समस्यामा साथ सहयोग जारी राख्नुपर्ने विष्टले बताए ।
उनले रिटायर्ड जीवनमा समेत समाजमा आमूल परिवर्तन र नेतृत्वदायी योगदानका क्षेत्रमा काम गर्न उहाँले सबै भूपूहरुलाई आव्हान गर्नुभयो । उहाँले समाजमा सैनिकले काम गर्नुपर्ने केही भएमा वा केही समस्या भएमा नेपाली सेनाले सदैव सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा भूपू सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उनले लुम्बिनी प्रदेश इपि सेन्टरको समन्वयमा कृषि, पशुपालन र अदुवा खेतीको र सीप मूलक तालिमबाट १ सय २० जनालाई तालिम दिइएको बताए ।
यस्तै संघमा आवद्ध भूपू सैनिकहरुको निधनमा राहत स्वरुप ३१ जनालाई २५ हजारको दरले ७ लाख बढी रकम सहयोग गरेको, भूपू सैनिकहरुको पेन्सन तथा सहुलियत ऋण प्रदानमा समेत संघले सहयोग गर्दै आइरहेको सभापति भाटले जानकारी दिए ।
भूपू संघले नेपाली सेना तथा भूपूहरुलाई २ सय ६१ जनालाई सहुलियत दरमा लघुकर्जा वितरण गरेको, जटिल रोगीहरुलाई ५ हजार आर्थिक सहयोग, विपन्नहरुलाई छात्रवृत्ति, भूपूका छोरा छोरीहरुलाई छात्रवृत्तिमा विभिन्न विद्यालयमा अध्ययनको सुविधा समेत मिलाइएको जानकारी दिए । कार्यक्रममा संघका कोषाध्यक्ष मोहनबहादुर थापाले ४६ लाख ४४ हजार २ सय ८२ रुपैंया बरावरको आर्थिक तथा लेखा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा ७५ वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, घाइते अपाङ्ग भूपू सैनिक तथा तिनका एकल परिवारहरुलाई नगद, दोसल्ला, प्रमाण पत्र र खादा ओडाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट इन्द्रबहादुर रावल, सहभागि तर्फबाट रामबहादुर बस्नेत, महेन्द्र पोखरेल, तारा बहादुर खत्री लगायतले शुभकामना तथा राय सुझावहरु राखेका थिए ।
सेनानी विष्णु बहादुर थापाले सहभागि तथा अतिथिहरुलाई स्वागत गर्दै सबै भूपूहरुले सेवा सुविधा लिनको लागि संघमा आवद्ध हुन आग्रह गरेका थिए ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाका सभापति देव बहादुर भाट क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमको संचालन ताराबहादुर रानाभाटले गरेका थिए ।