बसाइसराई रोक्न पहल गर्नेछुः आचार्य

तानसेन । पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद आचार्यले एमालेको घोषणापत्र ग्यारेन्टीको घोषणापत्र रहेको बताएका छन् ।

उनले एमालेले २० वटा कार्यक्रम ५ वर्षभित्र पुरा गर्ने ग्यारेन्टी गरेकोले ढुक्क भएर सूर्यमा मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् । सोमबार आफ्नो क्षेत्रका मतदातासंगको भेटमा आचार्यले सबैका घरघरमा बिजुली, पानी र संचार, निरोगी नेपाल, सबै वडा टोल टोलमा सडक पूर्वाधार, सबै पालिकाका १५ बेडको अस्पताल निर्माणमा एमालेले ग्यारेन्टी गरेको बताए ।

उम्मेदवार आचार्यले सबै पालिकामा पहुँचमार्ग निर्माणलाई तिव्रता दिने बताउदै जनताको खानेपानी समस्या समाधानका लागि एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहल गर्ने बताए। अधिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन क्षेत्रलाई आधार बनाएर सडक स्तरोन्नति, कृषि, स्वास्थ्य, शिक्षा र अधिकांश खोलाहरुमा पुलहरु निमार्ण गरेको एमाले उम्मेदवार आचार्यले दाबी गरे ।

आर्चायले आगामी समयमा कालीगण्डकी करिडोर निर्माण सम्पन गर्न पहल गर्ने, आर्यभन्ज्याङ रामपुर द्रुत मार्गको निर्माण कार्यका लागि काम सुरु गराउने, शिक्षमा सुधार गर्ने, बादर, दुम्सी जस्ता जंगली जनावरबाट भएको बसाइसराइर कृषियोग्य जमिनमा पुनः खेती गर्ने वातावरण सृजना गर्ने जस्ता काम आफू निर्वाचित भएमा प्राथमिकतामा राख्ने पनि मतदातासंग प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको