आजदेखि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक!

तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै मदिराजन्य पदार्थको खरिदविक्रीमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जारी गरको विज्ञप्ति अनुसार निर्वाचन सुरक्षलाई ध्यानमा राखेर कार्तिक २९ गते अर्थात आजदेखि निर्वाचन सम्पन्न भएर मतगणना नसकिदासम्म जिल्लाभर कुनै पनि प्रकारको मदिरा खरिद, विक्री, ओसार पोसार र सेवन गर्न निषेध गरिएको जनाइएको छ ।

कसैले नियम विपरित काम गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि स्थानीय प्रशासनले जनाएको छ । आम निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि यो निर्णय गरिएको पाल्पा प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer