तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले मंसिर १ गतेदेखि अत्यावश्यक बाहेकका सेवा स्थागन गर्ने जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि कर्मचारी खटिनु पर्ने हुँदा मंसिर १ गतेदेखि ५ गतेसम्म शान्ति, सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार नागरिकता, नाबालक परिचय पत्र, पेन्सन र सबै प्रकारका सिफरिस तथा राहदानी र राष्ट्रिय परिचय पत्र समेतका माहरु स्थागन हुने भएका छन् ।

अत्यावश्यक सेवा भने सुचारु हुने र मंसिर ६ गतेदेखि सबै कामहरु नियमित हुने पनि पजिअ पन्तले बताए।

तपाईको प्रतिक्रिया