
तानसेन। नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । पूर्वखोला गाउँपालिका–४ देवीनगरका विभिन्न ठाउँमा घरदैलो कार्यमक्रममा उम्मेदवार आचार्यले जनताको आवश्यकता र मागअनुसार काम गर्ने बताएका हुन् ।
आफू निर्वाचित भएलगत्तै पहिलो काम हुमिन–देवीनगर–जल्पा–बहादुरपुर सडकखण्ड कालोपत्रे गर्ने अन्य सडकहरूको स्तरोन्नति गर्ने आचार्यले बताए ।
एक घर एक धारा कार्यक्रम अन्तर्गत देवीनगर क्षेत्रका सबै घरमा पानीका धारा पु¥याउने, कृषिलाई व्यावसायिकरण गर्ने, युवालाई स्वरोजगार बनाउन उद्यमशील कार्यक्रम सञ्चालन गर्ने एमाले उम्मेदवार आचार्यले बताए । गुणस्तरीय शिक्षाका लागि विशेष कार्यक्रमका लागि पहल गर्ने उनले बताए । सो क्षेत्रको विकास गर्ने एमाले पार्टी भएको बताउदै आचार्यले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अमूल्य मत दिएर सूर्य चिन्हमा मतदान गरी विजयी गराउने मतदातासंग माग गरेका छन् ।
यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नंं १ प्रदेश २ का प्रदेश सभा उम्मेदवार खेम बहादुर सारुले आफ्नो जित सुनिश्चित रहेकोले मंसिर ४ गते कुरिरहेको बताएका छन् ।
पूर्वखोला गाउँपालिका वडा नं ४ देवीनगरका मतदातासंग भेटघाटको क्रममा उम्मेदवार सारुले एमालेको जित सुनिश्चित भईसकेकोले गाउँका सबै खाले योजना निर्वाचित भएरपछि कार्यान्वयन गर्ने बताए।
देवीनगरको कोईला खानीलाई स्थानीय जनतालाई बढी आय आर्जन हुने गरी व्यबस्थापन गर्ने, अपुरा लिफ्ट खाने योजना पुरा गर्ने, कृषि उपज संकलन केन्द्र तथा कृषि सडक निर्माणमा पहल गर्ने, एक घर एक धारा योजना कार्यान्वयन गर्नै एमाले उम्मेदवार सारुले बताए ।