तानसेन।नेकपा एमाले पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाका एमालेका सबै उम्मेदवारहरु विजय सुनिश्चित रहेको बताएका छन् ।
घरदैलो कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नंं २ जल्पाका मतदातासंग बोल्दै एमाले उम्मेदवार आचार्यले मंसिर ४ गतेको निर्वाचनमा जनता सूर्यमा मतदान गर्न आतुर भएको बताएका छन् ।
एमाले उम्मेदवार आचार्यले जल्पा सुखौरा सडक, मैदान पूर्वखोला सडक, हुमिन देवीनगर जल्पा, बहादुर सडक निर्माण विजयी भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेमबहादुर सारुले पुर्वखोला २ जल्पामा घरदैलो गर्दै जल्पालाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नै, जल्पाका पर्यटकीय स्थलहरुको स्तरउन्नती गरी पर्यटन प्रवद्धन गर्ने, एक घर एक धारा अभियानलाई पुरा गर्ने एमाले प्रदेश सभा सदस्य उम्मेदवार सारुले बताए।
उम्मेदवार सारुले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गरे।
एमाले पाल्पा क्षेत्र नंं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले पुर्वखोला १ सिलुवा र रामपुर नगरपालिकाको विभिन्न क्षेत्रहरुमा घरदैलो गर्नुभएको छ ।
एमाले उम्मेदवार श्रेष्ठले सडक स्तरउन्नति, एक घर एक धारा, विधुतीकरणको लागी योजना लिएर घरदैलोमा आएको बताए।
जनताको आय आर्जनमा बृद्धि गर्ने, गाउँ गाउँमा स्वरोजगार अभियान चलाउने, विदेशमा गएका नेपालीहरु लाई स्वदेशमै उधमी बनाउने गरी कृषि, पशुपालनदेखि प्रविधिमा आधारित उद्योगहरु संचालन गर्ने एमाले उम्मेदवार श्रेष्ठले बताए।