
तानसेन। जनताको काममा महिनामै एघार पटकसम्म काठमाण्डौ पाल्पा आवतजावत गरेका पाण्डेय नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय सबैभन्दा धेरै पटक काठमाण्डौ पाल्पा आउने जाने गर्ने नेतामा पर्छन् । जनताका साना साना सुख दुखमा भेट्न घरमै पुग्ने नेता पाण्डेय अहिले पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका छन् । पाण्डेय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।
पाँच पटक सम्म नेकपा एमाले बाट उम्मेदवार बनेका पाण्डेय चार पटक विजयी भएका छन् । २०६४ सालको निर्वाचनमा उनी नेकपा माओवादीकी लिला सोमै संग पराजित भएका थिए । उम्मेदवार पाण्डेयलाई अहिले गठबन्धनको दह्रो साथ रहेको छ । गठबन्धन भित्र रहेका दलहरुका नेताहरुले अहिले जसरी पनी पाण्डेयलाई विजयी बनाउने प्रण गरेका छन् । गठबन्धनका हरेक नेता तथा कार्यकर्ता र भातृसंगठन अहिले पाण्डेयलाई जिताउन कम्मर कँसेर लागेका छन् ।
अहिले सोम प्रसाद पाण्डेयलाई जिताउँदा पाल्पाको सिंगो गठबन्धनले जित्ने गठबन्धनका नेताहरुको बुझाई छ । बर्षौदेखी एमालेले विरासतको रुपमा राखेको पाल्पा २ लाई तोड्न अहिले सहज रहेको गठबन्धनका एक नेताले बताए । सबैसंग व्यक्तिगत रुपमा सम्बन्ध राम्रो बनाउन सक्ने खुबी भएका नेता पाण्डेलाई धेरैजसो विपक्षी दलका नेता कार्यकर्ताले पनी मतदान गर्ने निश्चित छ । लामो समय सम्म एमालेमा रहेका पाण्डेयले एमालेकै धेरै मत व्यक्तिगत रुपमा तान्ने छन् । पाण्डेय धेरैलाई व्यक्तिगत रुपमा चिन्ने र प्रत्यक्ष सम्बन्धमा रहने नेताका रुपमा परिचित छन् ।
नेता पाण्डेयले पाल्पाली जनताको लागी योजना र काम गर्ने क्रममा एक महिनामै एघार पटक सम्म काठमाण्डौ पाल्पा आवतजावत गरेको बताए । “सबैभन्दा धेरै पटक काठमाण्डौ पाल्पा गर्ने नेतामा म पर्छु । निर्वाचन जित्दा पनी हार्दा पनी म सधै जनताकै प्रतिनिधी बनेको छु ।” नेता पाण्डेयले भने, – “म पार्टीका नेता, कार्यकर्ता संगै व्यक्तिगत रुपमा जनताको सुख दुखमा साथ दिने व्यक्ति हुँ । म पाल्पाका ३० हजार भन्दा धेरै व्यक्ति संग प्रत्यक्ष सम्पर्कमा छु । सबैले मलाई मतदान गर्ने बाचा गर्नुभएको छ । त्यसैले मेरो जित सुनिश्चित छ ।”
पाल्पामा नेपाली कांग्रेसको लडाँई सधै नेकपा एमालेसंग भएको भन्दै अहिले पनी नेकपा एमालेसंग लडाँई रहेको एक नेताले बताए । व्यक्ति ठुलो कुरा नभएको भन्दै पार्टी र त्यसको व्यवहार गलत भएको उनले बताए । पाल्पामा २०५१ सालदेखी सांसदको भुमिकामा रहँदा विकास निर्माणका हरेका योजनामा सक्रिय सहभागिता जनाएका पाण्डेयले सबै दलसंग सहकार्य गर्ने गरेका छन् ।
“हाम्रो मुख्य राजनितिक शत्रु नेकपा एमाले हो ।” नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले भने, – “संविधान विरुद्ध कदम चाल्ने र मास्ने काम गर्न खोज्ने एमालेका विरुद्ध हामी एकजुट भएका हौं ।” पाल्पाको विकासका लागी हिँजो, आज र भोली विकास गर्ने भनेकै सोम प्रसाद पाण्डेय र गठबन्धन दल रहेको नेता पाण्डेयले बताए ।