
तानसेन। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन लागि पाल्पामा सुरक्षाकर्मीसहित कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि सुरक्षाकर्मीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयाेगी कर्मचारीसहितको टोली निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा खटिएका हुन ।
२ निर्वाचन क्षेत्रमा ११८ मतदान स्थल र २४६ मतदान केन्द्रका लागि १ हजार ९ सय ७२ कर्मचारी मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
निर्वाचन सहज रुपमा सम्पन्न गराउन आवश्यक निर्देशन र आचारसंहितको बारेमा जानकारी गराई मतदान प्रक्रियालाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन मतदान अधिकृतको टोलि खटिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए।
मतदानका लागि आवश्यक पर्ने छेकबार,मतपत्र,मतपेटीका,स्वस्तीक चिन्ह र आवश्यक सामग्रीसहित मतदान अधिकृत सम्बन्धीत मतदान केन्द्रमा खटिएको क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक हजार ९७३ जना कर्मचारी थप ९८२ स्सवयम सेवक तथा सात सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी खटिएका छन् । प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् । जिल्लाको निर्वाचन सम्पन्न गराउन स्वयसेवक बाहेक एक हजार हारहारीमा नेपाल प्रहरीसँगै सश्स्त्र प्रहरी,नेपाली सेना खटिएका हुन् ।