
- बुटवल। पूर्वी नवलपरासीको नवलपुर मध्यविन्दु नगरपालिका वडा न १३ कोटथर चोकमा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार रातो झोला भित्र प्रेसर कुकरमा खतरा लेखिएको टाँसिएको कुकर भेटिएको हो।
तार समेत राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको र घटना स्थललाई सुरक्षाकर्मीले सुरक्षा दिएर राखेको उनले बताए। पाठकका अनुसार नेपाली सेनाको टोली बोलाएर शंकास्पद वस्तु डिस्पोज गराउने तयारी भईरहेको छ । शंकास्पद वस्तु कस्ले राखेको नखुलेको नवलपुरमा नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत लगायतका दलहरुले निर्वाचन बहिस्कार आव्हान गर्दै पर्चा वितरण, पोष्टर, पम्लेष्ट गरिरहेका छन् ।