जनप्रिय माविमा ७ बजेसम्म मतदान हुने

तानसेन। पाल्पाको तानसेन नगरपालिका वडा नं. ६ जनप्रिय मावि मतदान केन्द्रमा सात बजेसम्म मतदान हुने भएको छ । बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको हुँदा थप दुई घण्टा मतदानको समय थपिएको हो ।

मतदानका क्रममा ६८ मत खसेपछि प्रत्यक्षतर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेपछि स्थगित भएको मतदान सर्वदलीय बैठकमार्फत पुनः सुरु भएको हो ।

बैठकले खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय गर थप दुई घण्टाको समय पनि थप गरेको हो ।

दोहोर्‍याएर मतदान गर्नु परेका कारण बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताइन् ।

तपाईको प्रतिक्रिया