तानसेन। मतदान सकिएसंगै मतपेटिका मत गणनास्थलमा ल्याउने क्रम जारी छ । पहाडी र भौगोलिक समस्याका कारण सबै मतपेटिका अहिलेसम्म गण्नास्थलमा आउन सकेका छैनन्। यसैबीच पाल्पामा करिब ६२ प्रतिशत मत खसेको आकलन जिल्ला निर्वाचन कार्यालय पाल्पाले गरेको छ ।
सबै स्थानका तथ्यांक नआइसकेको र प्रारम्भिक आकडा हनुसार सो मात्रामा मत खसेको अनुमान गरिएको जिल्ला नर्विाचन अधिकृत रुक्मागत अर्यालले बताए ।
गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचमा करिब ७० प्रतिशत मत खसेकोमा आम निर्वाचनमा भने केही जिल्ला बाहिरका मतदानाको उपस्थितीमा कमी आएपछि कमी आएको बताइएको छ ।