तानसेन। पाल्पामा आज सम्पन्न निर्वाचनको मतगणना भोलिदेखि हुने भएको छ । पाल्पा क्षेत्र नं. १ मा रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं. २ को मतपेटिका तानसेनको बाल मन्दिरमा ल्याइएको छ ।

टाढा तथा दुर्गम भेगबाट मतपेटिका तानसेन ल्याउने काम जारी रहेकोले मतगणना भने  भोलि बिहानबाट हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए ।

भोलि विहान सर्वदलीय बैठक बसी ९ बजेदेखि मतगणना गर्नेगरी तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । पाल्पामा ११८ मतदान स्थलको मतपेटिका सम्बन्धित निर्वाच्न अधिकृतको कार्यालयमा ल्याउने क्रम अहिलेसम्म पनि जारी रहेको छ ।

तपाईको प्रतिक्रिया