तानसेन। वाम लोकतान्त्रीक गठबन्धन पाल्पाले निर्वाचनमा सहयोग गरेमा सम्पूर्ण जिल्लावासीमा धन्यवाद व्यक्त गरेको छ । गठबन्धनका घटक चार दलले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मत दिएर संविधानको रक्षार्थ उभिएकोमा जिल्लावासीलाई आभार तथा धन्यवाद दिएको छ ।

 


प्रेस विज्ञप्ति

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा वामलोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवारहरुको पक्षमा आफ्नो उमुल्य मत प्रदान गर्नुहुने पाल्पाली जनसमुदायमा हामी हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ।
संविधान,लोकतन्त्र,गणतन्त्रको रक्षा तथा स्थाइ सरकार र देशको बिकासको लागि देशमा वामलोकतान्त्रीक गठबन्धन बनेको कुरा सर्ब बिदितै छ।त्यसैको जगमा उभिएर हामिले हाम्रा साझा उम्मेदवारहरुको पक्षमा मत मागेका थियौ।
तपाइहरुको सदभाब र सहयोगका कारण हामिले पाल्पा क्षेत्र न २ अन्तर्गत दुबै प्रदेशमा जित हालिस गरेका छौ। भने पाल्पाका अन्य क्षेत्रमा हाम्रा उम्मेदवारहरु उपबिजेता बन्नु भएको छ। हाम्रा निर्बाचित प्रतिनिधिहरुले तपाइले दिएको मतको भावना अनुरुप काम गर्नुहुनेछ भन्ने कुरामा हामिले पुर्ण बिश्वास दिलाउन चाहन्छौ।हाम्रा उपबिजेता बन्नु भएका उम्मेदवारहरुलाइ पनि पुन जनताको सेवामा लाग्नको लागि अनुरोध गर्दछौ।
साथै हाम्रो प्रतिस्प्रधी दल नेकपा एमाले बाट निर्बाचित सम्पुर्ण उम्मेदवारहरुलाइ हामी बधाइ दिदै पाल्पाको समग्र बिकासमा हातेमालो गरेर जान पनि हामी अपिल गर्दछौ ।
निर्वाचन अबधिभर अहोरात्र खट्नुहुने गठबन्धन दल संबद्ध नेता,तथा पार्टीका सम्पुर्ण साथिहरु,भात्री तथा सुबेक्षुक सस्थाका सम्पुर्ण साथिहरु लाई धन्यबाद तथा अभार प्रकट गर्दछौ। साथै निर्वाचन सम्पन गर्न महोत्वपुर्ण भुमिका खेल्नु हुने निर्वाचन कार्यलय,प्रशासन ,सुरक्षा निकाय पत्रकार जगत लगायत सम्पुर्णमा पनि हामी धन्यवाद दिन चाहन्छौं ।

अन्तमास् हामी गठबन्धन दलमा रहेका दलको तर्फबाट आफ्नो अमुल्य मत प्रदान गर्नु हुने सम्पुर्ण पाल्पाली जनहरुमा हार्दिक आभार ब्यक्त गर्दै हामी सदैब तपाइहरुको साथमा रहने समेत प्रतिबद्धता ब्यक्त गर्दछौ । धन्यबाद

हिमालदत्त श्रेष्ठ (सभापति, नेपाली काँग्रेस) पाल्पा                                                                    राजेन्द्र वि क (संयोजक, माओवादी केन्द्र)
कमल पाण्डे (अध्यक्ष, नेकपा एस) पाल्पा                                                                                विशाल दर्लामी ( अध्यक्ष, राष्ट्रिय जनमोर्चा)

तपाईको प्रतिक्रिया