पाल्पाकाे समानुपातिक मत परिणाम: कुन दलको कति?

तानसेन। पाल्पामा समानुपातिक तर्फको मतगणना सकिएको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा मध्य २ प्रतिनिधि र २ प्रदेश सभा जितेको नेकपा एमालेले समानुपातिक तर्फ सबैभन्दा धेरै मत ल्याएको छ । जिल्लामा नेकपा एमालेले ५० हजार १ सय २३ मत समानुपातिकमा प्राप्त गरेको छ ।

नेपाली काग्रेंसले ३७ हजार ९ सय ७९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८ सय १३ मत, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय ९१ मत, मंगोल नेशनल अर्गनाइजेशनले ३ हजार १ सय ९८ मत, नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ९९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ४२ मत, राष्ट्रिय जनमोर्चाले ६३२ मत, राष्ट्रिय जनमुक्ति पार्टीले ५ सय ४० मत, जनमत पार्टीले १ सय ३० मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत रुक्मागत अर्यालले जानकारी दिनुभयो ।

कुल २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रतिनिधि सभा तर्फ १ लाख २१ हजार ५ सय ९७ मत खसेको थियो भने ३ हजार ५ सय ४५ मत बदर भएको छ । प्रदेश सभा तर्फ समानुपातिक मतपरिणाममा पनि नेकपा एमाले पहिलो बनेको छ । नेकपा एमालेले ५५ हजार ३ सय ६ मत ल्याएको छ । नेपाली काङ्ग्रेस ३९ हजार ८ सय ६८ मतका साथ दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्दले ८ हजार २ सय १६ मत,मंगोल नेशनल अर्गनाइजेशनको ३ हजार ९ सय ५ मत, नेकपा समाजवादीले ३ हजार ७ सय ४० मत, राप्रपा ३ हजार १५ मत, राष्ट्रिय जनमोर्चाको १ हजार ३३ मत, राष्ट्रिय जनमुक्ति पार्टीको ७ सय ४८ मत, हाम्रो नेपाली पार्टीको ४ सय ९४ मत, जनमत पार्टीको २ सय ४९ मत, जनता समाजवादी पार्टीको २ सय ४२ मत, नेपाल आमा पार्टीको १ सय ७७ मत, नेकपा माक्र्सबादी लेलिनबादीको १ सय ४८ मत, जनसमाजवादी पार्टीको १ सय ६ मत प्राप्त भएको छ ।

कुल २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रदेश तर्फ १ लाख २२ हजार ४ सय ४२ मत खसेको थियो । जस अन्तर्गत ४ हजार ६ सय ९४ मत बदर भई जिल्लामा कुल ८ हजार २ सय ३९ मत बदर हुन पुगेको छ ।

तपाईको प्रतिक्रिया