
तानसेन। यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा पाल्पामा ८ हजार बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी आठ हजार २३९ वटा मत बदर भएको हो ।
कुल दुई लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रतिनिधि सभा तर्फ एक लाख २१ हजार ५ सय ९७ मत खसेको थियो भने ३ हजार ५ सय ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए ।
यस्तै प्रदेशसभातर्फ १ लाख २२ हजार ४ सय ४२ मत खसेकोमा ४ हजार ६ सय ९४ मत बदर भई जिल्लामा कुल ८ हजार २ सय ३९ मत बदर हुन पुगेको हो । बदर हुनेमा अधिकांश दोहोरो छाप लगाएका मतपत्र बाहिर छाप लगाएका मतपत्र भेटिएका छन् ।
केही मतदाताले मतदाता शिक्षाको कमीका कारण मत बदर गरेपनि अधिंकाश मतदाताले भने जानेरै मत बदर गरेको पाइएको छ । खासगरी प्रदेशसभातर्फ जानाजान मत बदर गर्नेको संख्या धेरै रहको मतगणनामा सहभागि गणकहरुले बताएका छन् ।
पाल्पामा दुई प्रतिनिधिसभा र दुई प्रदेशसभा पनि एमालेले विजयी हात पारेको छ । यस्तै एक प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।