तानसेन। पाल्पा उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । संघको को १६ औं अधिवेशनबाट अध्यक्ष पद निर्वतमान कोषाध्यक्ष राजिव श्रेष्ठलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

सोमबार भएको निर्वाचनमा ६४१ मत ल्याएर भट्टराई निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २ सय १ मत प्राप्त गरेका थिए । निर्वाचन अधिकृत टंक प्रसाद भट्टराईका अनुसार २ मत भने बदर भएको थियो ।

संघको अन्य सबै पदमा निर्विरोध र सहमति भएपनि अध्यक्ष, उद्योग उपाध्यक्ष र २ सदस्य पदमा सहमति नहुँदा निर्वाचन भएको हो ।यस्तै संघको उपाध्यक्षमा वाणिज्य उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निरविरोध हुनुभएको छ ।

भने उद्योग उपाध्यक्षमा उत्तम कुमार बज्राचार्य र रमेश राज बज्राचार्यको बीचमा भएको निर्वाचना उत्तम कुमार बज्राचार्य विजयी भएका छन् । बज्राचार्यले १०७ र उनका प्रतिस्प्रधी रमेशराज बज्राचार्य ४० मत पाप्त गरेका छन् । सो पदका लागि भएको मतदानमा १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै क्षेत्र नं ११ मा दुई जना सदस्यमा तीन जनाको उम्मद्वारी परेपछि भएको निर्वाचनमा कमल पाण्डे, लक्ष्मण बस्याल निर्वाचित भएका छन् । भने हलिम दिन मियाँ पराजित भएका छन् । ६० जना सदस्य रहेको यो क्षेत्रबाट सदस्यमा यस क्षेत्रमा पाण्डेले ३३ बस्यालले ३२ र मियाले २५ मत पाप्त गरेका थिए । भने ५ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया