बुटवल। आगामी १९ नोभेम्बर (४ पुस)देखि नेपाल एयरलाइन्सले भैरहवालाई एक साथ दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । साथै नेवानिको यसअघि कटौती भएका गन्तव्यको उडान पुनः साविकको संख्यामा पुर्याएर तालिका स्वीकृत भएको प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले जानकारी दिए ।
स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एउटा जहाजले उडान गर्नेछ । नेपाल एयरलाइन्सको अर्को जहाजले काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने छ ।