
पाल्पा। स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।