इन्फिनिटी लघुवित्तले दियो महिलालाई उद्यमी बनाउन तालिम

तानसेन। पाल्पामा लघुवित्तमा आवद्ध महिलालाई उद्यमी बनाउन एकदिने तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले तानसेनमा मौसमी तथा वेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको हो ।

कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाई उत्पादन बढाउन संस्थाको बर्तुङ्ग शाखाले ९७ केन्द्रका प्रमुख र प्रतिनिधिहरुा लागि व्यवसायिक तरकारी खेती तालिम संचालन गरेको हो ।

तालिमको अवसरमा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले कृषि पेशा सबैभन्दा जेठो पेशा भएको बताउदै यसलाई आधुनिक प्रविधि मैत्री बनाउनुपर्ने बताइन् ।

पछिल्लो समय कृषि पेशामा लागेका महिलाहरुले प्रविधि र सीपको कमीले अपनाउनुपर्ने समस्या समाधनका लागि तालिमले सहयोग पुग्ने उप प्रमुख सिंजालीको भनाई छ ।

७० जनाबढी कृषक महिला सहभागि रहेको उक्त तालिमको सहजिकरण भेटेरेनरी डाक्टर प्रशिक्षक कृष्ण प्रसाद पौडेलले गरेका थिए। तालिममा हाईटेक नर्सरी, बीउ उत्पादन, प्लाष्टिक घरमा तरकारी खेती संचालन गर्ने तरिका, मौसमी तथा बेमौसमी खेति पद्धति, रोग किरा पहिचान तथा व्यवस्थापन लगायतका बारेमा सहभागिलाई जानकारी दिइएको थियो ।

लघुवित्तमा आवद्ध महिलाहरुको मागका आधारमा व्यवसायिक तरकारी खेती तालिम सञ्चालन गरिएको र महिला कृषकहरुले तालिम प्रभावकारी हुने शाखाकी कर्मचारी जमुना हिताङ्गले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया