तानसेन। नेवार समुदायमा विषेश पर्वका रुपमा मानिने योमरी लोप हुने अवस्थामा पुगेको भन्दै पाल्पामा महोत्सव नै गरिएको छ । नयाँ चालम भित्र्याएपछि भगवानलाई चडाएर मात्र खाने परम्परा अनुसार नेवार समुदायमा मनाइने यो पर्व लोप हुन लागेपछि संस्कृति संरक्षण गर्नका लागि एक दिने महोत्सव गरिएको हो ।

नयाँ पुस्तालाई पर्वका बारेमा जानकारी दिने, योमरी बनाउने तरिकाको जानकारी दिने तथा यसका फाइदाका बारेमा समेत जानकारी दिइएको थियो । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुती पनि गरिएको थियो।

चालमको पिठोमा खुवा अर्थात खुदो मिसाएर बनाइने योमरीको परिकार खानाले विभिन्न प्रकारका रोग नलाग्ने तथा विश्वास नेवार समुदायमा रहेको छ ।

नेवार समुदायको विषेश पर्व भनिएपनि सबै समुदायका मानिसले महोत्सवको अवलोकन गर्ने तथा योमरी खाने गरेका थिए । मैत्री क्लव तानसेनले टक्सार टोलमा आयोजना गरेको महोत्सवमा योमरीसंगै अन्य खाद्यान्नका स्टल राखिएको थियो ।

कोरोना महामारीले गर्दा घरभित्रै सिमित भएका स्थानीयले यसरी मेला लाागेपछि खुलेका सहभागिता जनाएका थिए। भने स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग मिलेको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया