
तानसेन। नेपाल अग्रेज युद्धका नायक कर्णेन उजिरसिंह थापा र एतिकासिक भगवती जात्राको विषयमा लोखिएको पुस्तक तानसेनमा विमोचन भएको छ ।
इतिहासविद् एवं लेखक निर्मल श्रेष्ठद्वारा लिखित ‘समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापा, नेपाल अंग्रेजयुद्ध र महिषासुरमर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीजात्रा’ नामक पुस्तकको विमोचन गरिएको हो ।
तानसेनमा एक कार्यक्रकाबीच लेखक श्रेष्ठका नातिनी द्वय श्रीयांशी खनाल र यशस्वी श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
नेपालको इतिहास, कर्णेल उजिरसिंह थापाको योगदान तथा भगवती जात्राको बारेमा विस्तृत रुपमा समेटिएको पुस्तक करिब १० वर्षको मेहनत र अन्सन्धानपछि तयार गरिएको लेखक श्रेष्ठले बताए।
लेखक श्रेष्ठले पुस्तकमा नेपालको इतिहास, नेपाल–अंग्रेज युद्ध, उजिरसिंह थापाको योगदान तथा भगवती जात्राका पक्षमा रहेर त्यतिबेला प्रचलनमा रहेको आर्थिक, सामाजिक विषयलाई पुस्तकमा उल्लेख गर्ने प्रयास गरेको बताए।
पुस्तक विमोचन समारोहमा कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पुस्तकले नेपालको यथार्थपरक इतिहास चित्रण गरेको बताए।
उनले लेखकले निरन्तर रुपमा मिहिनेत गरेर लेखेको पुस्तक आम पाल्पाली र नगरबासीको हातमा पु¥याउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले कर्णेल उजिरसिंह थापाको बारेमा लेखिएको यो नै पहिलो पुस्तक भएको दावी गरे उनले धेरै पुस्तकमा थापाको बारेमा लेखिएपनि सम्रग विषय समेटेर प्रकाशन भएको पहिलो पुस्तक भएको हुँदा ऐतिहासिक दस्तावेजको रुपमा समेत यस्लाई राख्नपर्ने बताए । हेर्दा पुस्तक भएपनि पुस्तकभित्र इतिहासको यथार्थपरक चित्रण र तथ्यहरु समेत लेखकले प्रकाशन गरेको बताए ।
यस्तै पुस्तकका समीक्षक द्वय भिमसेन कार्की र राजेशकुमार अर्यालले लेखकले मझधारमा रहेर नेपालको इतिहासलाई यथार्थपरक रुपमा प्रस्तुत गरेको बताए। धेरै इतिहासकारहरूले एकपक्षीय मात्र विषय समेट्ने गरेपनि श्रेष्ठले सत्यतथ्य साम्रगी समेटेर कार्कीले कर्णेल उजिरसिंह थापाको महिमासहित पाल्पाको भगवती जात्राको विषयमा समेत पुस्तकमा विस्तृत समेटिएको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले प्रकाशित पुस्तक इतिहास सम्बन्धी रुचि राख्ने लेखक र पत्रकारका लागि अत्यन्तै उपयोगी दस्तावेज भएको बताए । कार्यक्रममा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले लेखकले पाल्पालीले विगतमा गरेको योगदानको विस्तृत चर्चा गरेको बताए।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले आफूले समेत जानकारी नपाएको विषय समेत पुस्तकमा समेटिएको बताउदै जिल्लाको पर्यटन विकासका लागि पनि यो पुस्तकले टेवा पुग्ने दावी गरे ।
कार्यक्रम पुस्तकका प्रकाशक रेखा कार्कीको अध्यक्षता तथा लेखककी छोरी निशान्त श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।