
तानसेन। बिहे भोज खाएका पाल्पा र प्युठानका १०० जनाबढी बिरामी परेका छ्न। प्युठानदेखि बिहेमा पाल्पाको बगनासकाली गाउपालिका १ चिर्तुङ्गधाराको घोरबन्धा जन्ती आएका ४८ जना मध्ये बेहुला बेहुलीसहित ४५ जना बिरामी छन ।
प्युठान अस्पतालका अनुसार अहिले अधिकशको अवस्था समान्य छ। यस्तै पाल्पास्थित बेहुलीतर्फका ८० जना बढी स्थानीय बिरामी परेका हुन । सनिवार भोज खाएका उनिहरुलाई बान्ता हुने, पखाला लाग्ने, हुने पेट दुख्ने जस्ता समस्या देखा परेको हो अहिले उनीहरुको उपचारका लागि स्वास्थकर्मीसहितको टोली समुदायमा पुगेको छ। स्वास्थ्य कार्यालय पाल्पाका घर घरमा पुगेर उपचारको व्यवस्था गरेको जनाएको छ।
बिरामीमध्ये ४ जना युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाइएको पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अन्यको अवस्था सामान्री रहेको हुदा भोजमा खाएको खाना नै बिषाक्त हुन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्य शाखाको पहलमा पानीको परीक्षण गर्ने तयारी पनि गरिएको ल्याब टेक्निसिएन मधुसूधन भट्टराईले जानकारी दिए।