काठमाडाैं।बुधबार सेयर बजारको परिसूचक नेप्से १६.६ अंक घटेको छ । सो गिरावटपछि नेप्से १९१७ अंकमा कायम भएको छ । कारोबार रकम भने ७१ प्रतिशतले बढेको छ । मंगलबार ९६ करोडको धितोपत्र कारोबार भएकोमा बुधबार १ अर्ब ६५ करोडको भयो ।

३७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ १७, विकास बैंक ३०, फाइनान्स १९, जलविद्युत् १२, जीवन बीमा ८३, उत्पादन ५५, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३६, अन्य १० र ब्यापार उपसमूह १८ अंक घटे ।

होटल उपसमूह जम्मा ०.३ अंक बढ्यो । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । नाडेप लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ग्लोबल आईएमई बैंकको ९, शिवम् सिमेन्ट र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ४.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सानिमा बैंक (संस्थापक), शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमश: अगाडि रहे ।

तपाईको प्रतिक्रिया