नेपाल नामिबियासँग ८६ रनले पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।

बुधबार नेपाल नामिबियाको घरेलु मैदान युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा ८६ रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको नामिबियाले दिएको दुई सय ७६ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल पराजित भएको हो। नामिबियाले दिएको दुई सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रन बनाएर अलआउट भएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल ४४, दीपेन्द्र सिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० रन बनाए । भने  अर्जुन साउद २९ रनमा आउट भए। नेपाललाई सस्तैमा समेट्न नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी फ्रान्सले  दुई-दुई विकेट लिए।

पहिलो ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो। नामिबियाका लागि मिचेल भानले १ सय ११ बल खेल्दै ११९ रनको शतकीय इनिङ बनाए । उसका लागि कप्तान ग्रहार्ड इरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले भने जान निकोल ४० रन बनाए ।

नेपालका लागि ललित राजवंशीले चार, सोमपाल कामीले दुई विकेट लिनुभयो भने सागर ढकालले १ विकेट हात पारे ।

यो जितसँगै नामिबियाले ३० खेलमा ३७ अंक जोडेको छ। विश्वकप लिग टूमा नेपाल १८ अंकसहित छैटौं स्थानमा छ। नेपालले २३ खेल खेलिसकेको छ। यो सिरिजको अन्तिम खेल नेपालले बिहीबार स्कटल्याण्डसँग खेल्नेछ।

सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer