तानसेन। पाल्पामा कृषक दिवस मनाइएको छ । तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ (रेडा)ले संयुक्त राष्टसंघीय विकास कार्यक्रमको सहयोगमा कृषक दिवस मनाएको हो ।
दिवसका अवसरमा अर्गानिक तरिकाबाट तरकारी खेती गर्ने किसानले उत्पादन गरेका तरकारी प्रर्दशन गरेका थिए। तानसेनको प्रभासमा भएको कार्यक्रममा तानसेन नगपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले कृषि पेशामा लागेका महिला उद्यमीले सुरु गरेको अर्गानिक उत्पादनले आम्दानीमा वृद्धि हुनुका साथै मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाप पर्ने बताए ।
नगर प्रमुख श्रेष्ठले नगर सरकारले कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले सहयोग गर्ने पनि बताए। ।
यस्तै नगर उप प्रमुख प्रतिक्षा सिंजालीले महिललाहरु घरको काममा मात्रै सिमित नभएर आर्थिक उपार्जनमा पनि अग्रसर भएको हुँदा स्थानीय सरकारले सहयोग गर्ने बताइन् ।
उक्त कार्यक्रममा विभिन्न ४ समूहका १६ वटा उप समूहले कृषि सम्बन्धी सन्देशमुलक नृत्य समेत प्रस्तुत गरेका थिए।