तानसेन। पाल्पाको पूर्वखोला गाउँपालिकाले आफ्नो छुट्टै लोगो सार्वजनिक गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो ।

प्रस्ताव आह्वानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

चारमध्येबाट अमृत कामुले निर्माण गरेको लोगो छनोट गरेर सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिका लोगो सार्वजनिक गर्दै अध्यक्ष थापाले अब गाउँपालिकाको आफ्नै पहिचान अनुसारको लोगो बनेको बताए ।

नयाँ लोगो सार्वजनिक भएसंगै पूर्वखोला गाउँपालिकाले कार्यसम्पादन गर्ने कागजपत्रमा लोगो प्रयोग हुने अध्यक्ष थापाले बताए ।

लोगो निर्माणका लागि गाउँपालिकाले खुल्ला रुपमा आह्वान गरेको र सोहीअनुसार लोगो बनेर आएकामध्ये कामुले बनाएकोलाई समितिले स्वीकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताए ।

तपाईको प्रतिक्रिया