
तानसेन। पाल्पा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्षको पहलमा बैँकको चर्को व्याजदरका विरोधमा उद्योगीले ज्ञापनपत्र बुझाएका छन् । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको पहलमा उद्योगी तथा व्यवसायीहरूले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसायीले समस्या झेलिरहेका बेला बैँकले एक्कासी व्याजदर बढाएको उद्योगी व्यवसायीको आरोप लगाएका छन् ।
बैँकले गरेको व्यवहारका कारण उद्योगी व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको हुँदा एकपक्षीय रुपमा गरिएको व्याजदर वृद्धि तथा संशोधित कर्जा नीति तत्काल फिर्ता लिनुपर्ने व्यवसायीको भनाइ छ ।
यसैबीच जिल्लाका व्यवसायीले शान्तिपूर्ण विरोध कार्यक्रम गरि नगर परिक्रमा समेत गरेका थिए ।
हेर्नुहोस ज्ञापन पत्र: