रामपुरमा बजार अनुमगन

तानसेन। पाल्पाकाे रामपुर नगरपालिकाले  बजार अनुमगन गरेकाे छ । नगरपालिकाले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तर खाद्यवस्तु उपभोक्त गराउने उद्देश्यले अनुगमन कार्यलाई निरन्तर अगाडि बढाउँदै आएको छ ।

नगरपालिकाले मंगलबार बजार क्षेत्रका पसल व्यवसायको अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्ड भन्दा बाहिर सडक पेटीमा राखिएका सामान जफत गरिएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा गएको अनुगमन टोलीले बजार क्षेत्रको अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा विभिन्न पसलबाट विभिन्न तरकारी, क्यारेट, स्ट्यान लगायतका सामान जफत गरिएको छ । जफत गरेको सामान जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको छ ।

अनुगमनका क्रममा उपप्रमुख बालकुमारी थापाले जथाभावी रुपमा राखिएका वस्तुले सडक दुर्घटना हुुने भएकाले त्यहाँबाट वस्तु हटाउन भनिएको बताइन् । उनले सडक दुर्घटना हुुन नदिन सडक पेटीमा राखिएका सामान हटाइएको र यसलाई निरन्तरता दिन व्यवसायीहरुलाई आग्रह गरिएको बताइन् । साथै बजारको सौन्दर्यताका लागि पनि अनुगमन गर्न नपर्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने उपप्रमुख थापाको भनाई छ ।

सडक पेटीमा राखिएका सामान हटाउने अभियान निरन्तर रुपमा जारी रहने रामपुर नगरपालिकाले जनाएको छ । नगर सरकारले बजार अनुगमनमा खाद्य वस्तुको अनुगमनलाई बढी प्राथमिकता दिएको छ ।

जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य वस्तु विक्री गर्ने व्यापारिक प्रतिष्ठान र उद्योगीलाई नगर सरकारले कारबाही गर्ने समेत बताएको छ ।

तपाईको प्रतिक्रिया