जलेश्वरमा “म बनाउँछु मेराे रिब्दीकाेट”

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सुरु गरेको म बनाउछु मेरो रिब्दीकोट अभियानलाई तिरन्तरता दिएको छ । अभियान अन्तरगत पालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकामा कार्यरत कर्मचारी र अन्य जनप्रतिधिसहितको सहभागितामा शुक्रबार धार्मिक, पर्यटकीय स्थल जलेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

सो अवसरमा अन्य स्थानीयको पनि स्वत,स्फुर्त रूपमा सरसफाईमा सहभागिता रहेको थियो । गाउँपालिकाले स साना काममा नागरिक तहबाटै सम्पन्न गर्नका लागि अभियान सुरु भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

हरेक काममा स्थानीय सरकारको मुख ताक्ने प्रवृत्ती हटाउन महिनाको दुई पटक आफै सहभागि भएर काम गर्न सुरु गरिएको अध्यक्ष कार्कीले बताए ।

यसअघि गाउँपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्ने, पालिका भवन परिसरमा सरसफाई गर्ने जस्ता कार्य गरिएको थियो । स्थानीय सरकार र नागरिक एकजुट भई सरसफाईमा जुट्ने प्रयासले सार्थकता पाएको अध्यक्ष कार्कीको भनाई छ ।

जलेश्वर मन्दिर ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकोले मन्दिरमा पुजाआजाका लागि भक्तजनको आगमन हुने हुँदा मन्दिर सरसफाई र शौन्दर्यकरण गरिएको हुँदा यसले पर्यटन पर्वधनमा समेत थप टेवा पुर्‍याउने विश्वास गाउँपालिकाको रहेको छ ।

यस्तै यो अभियानले गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि र नागरिकको समेत सहभागित हुँने हुँदा एक अर्काबीचको सम्बन्ध सुधार र मिलेर काम गर्ने भावनाको विकास भएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् ।

अभियानमा कृषि शाखा प्रमुख रन्जिव कुँवर, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी अन्य कर्मचारी र वडा अध्यक्षहरु तथा नागरिकहरुको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया