
तानसेन। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले क्षमता बढी चुन ढुङ्गा ढुवानी गर्ने टिपरलाई कारबाही सुरु गरेको छ । शुक्रबारदेखि मापदण्ड भन्दा धेरै चुन ढुङ्गा ढुवानी गर्दै आएका टिपरको पहिचान गरी भार मिलान गरी पठाउने सुरु गरिएको हो ।
विभिन्न खानीद्धारा संचालित टिपरले मापदण्ड भन्दा धेरै ढुंगा बोकेको गुनासो बढेपछि ट्राफिक प्रहरीले चेकजाँच र कारबाही प्रकृया अघि बढाएको हो ।
एक पटकलाई भार मिलान गर्ने तथा पुनः भारक्षमता भन्दा बढि ढुङ्गा ढुवानी गरेको भेटिएमा कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।
तानसेन नगरपालिकाको बर्तुङ्ग तथा अन्य स्थानमा पनि चेकजाँच गरी भारमिलान गरिएको प्रमुख मल्लले बताए । क्षमता भन्दा बढि ढुङ्गा ढुवानीका कारण सडकमा क्षति पुग्नुका साथै दुर्घटना जोखिम पनि बढेको हुँदा चेकजाँच र भारवाहन मिलानलाई प्राथमिकताका दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
पाल्पाका विभिन्न चुन खानीमा गरी दैनिक एक हजारको हारारहारीमा टिपर संचालन हुँदै आएका छन् ।