तानसेनमा घडेरी खन्दा तोपका गोला भेटिए

तानसेन। पाल्पा सदरमुकाम तानसेनमा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। तानसेन नगरपालिका वडा नं–४ गोलाखानामा घडेरी खन्ने क्रममा  गोला फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  वीरेन्द्र थापाका अनुसार तीन सयबढी गोला फेला परेका हुन्।  गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।

नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको गाेला फेला परेकाे  हुन सक्ने प्रहरीले जनाएको छ। यसरी फेला परेका गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ।

तपाईको प्रतिक्रिया