पाल्पामा ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकलमा सवार युवकको मृत्यु

तानसेन। पाल्पामा ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना युवकको मृत्यु भएको छ । तानसेन-हार्थोक सडक खण्डको रिब्दीकोट गाउँपालिका वडा नं ४ स्थित बाहुँनडाँडामा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रिब्दीकोट गाउँपालिका वडा नं. का अन्दाजी ३० वर्षीय नर बहादुर गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तानसेनबाट हार्थोकतर्फ जादै गरेको लु १ ख ९१३४ नं.को ट्रकलाई सोही दिशातर्फ जादै गरेको लु ६८ प २०५ नं. को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको पछाडि बस्ने गाहालाई ट्रकको पछाडिको चक्काले किचेपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो।

मोटरसाइकल चालक भने सकुशल रहेका छन् । हार्थोक प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले दुवै सवारी साधन र दुवैका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।

दुर्घटना मंगलबार बेलुका सभा ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया