तानसेन। पाल्पामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्या बढेसंगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले चालु आर्थिक वर्षको ५ महिनामा राहधानी वितरणबाट साढे दुई करोड बढी राजस्व संकलन गरेको हो ।

साउनदेखि मंसिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानी वितरण गर्दा दुई करोड ५४ लाख ५ हजार ५०० राजस्व संकलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् ।

राहदानीको सिफरिसबाट राजस्व संकलन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञश्वर पन्थीले जानकारी दिए । उनका अनुसार पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नावालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

नेपाल सरकारले पछिल्लो समय विद्युतिय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहधानी वितरण गर्ने गरको छ । पाल्पामा पनि अनलाई माध्धयमबाट हुँदै आएको विद्युतिय राहदानी वितरणलाई सहज बनाउन कार्यलयमै फारम भरेर सेवा उपलब्ध गराइएको छ।

बाहिरबाट अनलाइन फारम भरेर राहदानी लिन सेवाग्राहीलाई सास्ती र चर्को शुल्क तिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलय मै टोकन लिएर राहदानी वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिइन् ।

यसरी टोकन लिएर आफ्नो पालो आउने दिनमा फोटो खिचाँई सहजै रुपमा राहदानी पाउने व्यवस्था भएको सेवाग्राहीले बताएका छन् ।

तपाईको प्रतिक्रिया