अर्गलीमा आलु प्रर्बद्धन महोत्सव हुँदै

तानसेन। पाल्पामा पहिलो पटक आलु पर्बद्धन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको वडा नं. १४ स्थित अर्गलीमा आलु प्रर्बद्धन महोत्सव हुने भएको हो ।

जिल्लाकै सबैभन्दा धेरै आलु उत्पादन हुने अर्गली फाँटमा ग्रामीण आर्थिक विकास संघ (रेडा) ले एक दिने महोत्सव गर्न लागेको हो । आउदो शनिवार अर्थात यही पुष ९ गते हुने महोत्सवमा आलुका परिकार सम्बन्धी १० वटा स्टल रहने छन् ।

यस्तै कृषि तथा स्थानीय उपजको पर्दशनी, स्थानीय कला संस्कृति मारुका लागि थप स्टल पनि राख्ने तयारी भएको आयोजक संस्थाले जनाएको छ । कृषि क्षेत्रको धेरै सम्भावना बोकेको अर्गलीमा आयोजित महोत्सवले समग्र कृषि क्षेत्रको विकास र पर्बद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

रेडाले गत वर्षदेखि सो क्षेत्रमा आलु पकेट क्षेत्र विस्तारका लागि बीउ, प्रविधि र बाली लागाउने सीपको समेत सहयाेग गरेर आलु उत्पादनमा बढावा दिएको थियो ।

तानसेन नगरपालिकासंगको समन्वयमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत आलु उत्पादन गरिएको सो आयोजनकाी कर्मचारी सुरक्षा विष्टले जानकारी दिइन् ।

जिल्लामै पहिलो पटक हुन लागेको आलु महोत्सवले समग्र कृषि क्षेत्रकै प्रतिनिधित्व गर्ने हुँदा सकारात्मक सन्देश प्रवाहमा टेवा पुग्ने अपेक्षा गरिएको तानसेन १४ का वडाध्यक्ष शोभाकर भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया