नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी

तानसेन। नेपाली सेनाको प्रवक्तामा कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । बुधबारदेखि सहायक रथी कृष्णप्रसाद भण्डारीले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।

झापा चारआलीस्थित २१ बाहिनीपतिमा रहेका उनलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखको जिम्मेवारी दिएको हो। यसअघि सहायक रथी नारायण सिलवाल प्रमुख थिए। आज एक कार्यक्रमबीच उनले जिम्मेवारी हस्तान्तर गरेका हुन‍्।

पाल्पाको बगनासकाली गाउँपालिका वडा नं.२ पोखराथोकमा जन्मिएका सहायकरथी भण्डारीलाई सेनाको प्रवक्ताको जिम्मेवारी दिएसंगै पाल्पावासीमा खुसीयाली छाएको छ ।

यसअघि निर्देशनालय प्रमुखको जिम्मेवारी पाएका सहायक रथी सिलवाललाई सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको