
तानसेन। माघे संक्रान्तीकाे अवसरमा पाल्पाकाे तानसेनमा मगरी खाजा एवं बृहत सांस्कृतिक महाेत्सव हुने भएकाे छ । कैलाश-बसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह-आयोजनामा यही पुस ३० गते शनिबारका दिन महाेत्सवकाे हुने भएको हाे ।
समाजका अध्यक्ष शेर बहादुर सोमैले तानसेनमा आयाेजित पत्रकार भेटघाट पुस ३० गते मगरी खाजा एवं सांकृतिक कार्यक्रम गर्न लागिएकाे जानकारी दिए। माघे संकरातीकाे अवसरमा मगर समुदायकाे संस्कृति झल्काउने ठूलो नाँच (नचरी), कौडा, ठाडो भाका झाम्रे संगै पाल्पाका ४ वटै कलाकेन्द्रहरुको बिशेष प्रस्तुतीमा सांस्कृतिक कार्यक्रम हु्ने उनेले बताए।
महाेत्सवमा मगर समुदायकाे परम्परागत खानाहरू सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका विभिन्न परिकारहरू, कुखुराको मासु पनि महाेत्सवमा राखिने नेपाल मगर संघ पाल्पाका पूर्व अध्यक्ष बलबहादुर रानाले बताए।
कार्यक्रम विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहनेछ ।
२०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश बसन्तपुर मगर समाजमा अहिले १०१ घर परिवार आवद्ध रहेका छन् ।