काे हुन? लुम्बिनी प्रदेशका तेस्राे मुख्य मन्त्री गिरी

बुटवल। लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा एमाले संसदीय दलका नेता लिला गिरीले लुम्बिनी प्रदेशका ५८ सांसदहरूको समर्थनमा दाबी पेस गरेका छन्। यनलाइ एमाले, माओवादी, राप्रपा, नाउपा, जसपा,जनमत, लोसपा र दुई जना स्वतन्त्र सांसदकाे समर्थन रहेकाे छ ।

हेर्नुहाेस गिरीकाे व्यक्तिगत र राजनीतिक जीवनकाे विवरणः

नामः  लिला गिरी
जन्म मितिः  २०११ चैत १४ गते
जन्मस्थानः  रुरु(५, बम्घा गुल्मी हाल स् तिलोत्तमा(१ शंकरनगर
पत्नीको नामः  इन्दिरा गिरी
सन्ततिः  छोरी २, छोरा १
शैक्षिक योग्यताः बीए
राजनीतिक जीवन
–२०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
–२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी
–२०३७ सालको मजदुर आन्दोलनमा सहभागी
–२०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
–२०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी
–२०३९ सालमा क्रान्तिकारी बुद्धिजीबी संघमा आबद्ध
–२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य ९भूमिगत०
–२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
–२०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
–२०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
–२०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
–२०६१ मा शाही कु विरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
–२०६२÷६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
–२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
–२०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशन केन्द्रीय कमिटी सदस्य
–२०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष
–२०७८ मंसिरमा एमाले दसौं महाधिवेशनदेखि पोलिटब्यूरो सदस्य
–२०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेता
राजकीय भूमिका
–२०४९ मा पहिलो गाविस अध्यक्ष ९शंकरनगर गाविस०
–२०७४ मा प्रदेश सभा सदस्य
–२०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म प्रदेशको मन्त्री
–२०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित
–२०७९ पुसमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै ९५८ जना सांसदहरूको समर्थन।

तपाईको प्रतिक्रिया