तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले  अदालतबाट दाेषी ठहर भइ  फरार सूचिमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

अभद्र व्यवहार मुद्दामा पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका रामपुर नगरपालिका वडा नं. ५, का २३ वर्षका आदेश रानालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

जिल्ला अदालतबाट छ महिना १५ हजार कैद सजाय तथा जरिमाना तोकिएका राना फरार सूचिमा रहेका थिए । प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया