
तानसेन। पाल्पामा बसले ठक्कर दिएर एक जना वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. १२ की ७७ वर्षीया पुतली विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो साढे १ बजे गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ८३६१ नं. को बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी विकलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सोही बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार चालक र सवारीलाई नियन्त्रणमा लिइएको छ । दुर्घटना ल्हुङ्ग अर्गली भित्रि सडक खण्डमा भएको थियो।