रामपुरबाट अवैध बालुवा निर्यात गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा

तानसेन। पाल्पाको रामपुरमा अवैध बालुवा निकासी गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर नगरपालिका वडा नंं.१० स्थित झम्माखोलाबाट मापदण्ड विपरीत बालुवा लोड गरी ल्याउदै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गस्तीमा रहेको प्रहरी चौकी हुँगीको टोलीले विहीबार तु ४ त ७७०० नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार उक्त ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि रामपुर नगरपालिकालाई जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया