बुटवल। लुम्बिनी प्रदेश सरकारले माघीको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले माघ २ गते बिदा दिने विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।
यस अवसरमा प्रदेश सरकारले माघी महोत्सव समेत मनाउने भएको छ । २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाउन लागेको हो ।