फेकका किसानलाई अकबरे खुर्सानी गोड्मेल र मलखात व्यवस्थापन तालिम

तानसेन। रिब्दीकोट गाउँपालिका वडा नं. ८ फेकका कृषकलाई अकबरे खुर्सानी गोडमेल, काट्छाट तथा मलखात व्यवस्थापन सम्बन्धी एक दिने तालिम दिइएको छ। रिब्दीकोट कृषि तथा पशु उमशिलता विकास परियोजन अन्तरगत गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा ग्रामीण आर्थिक विकास संघ(रेडा) को प्राविधिक सहयोगमा तालिम चलेको हो ।

तालिममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाको समृद्धि र खुसी कृषि क्षेत्रबाट मात्रै हुने भएकाले सोही अनुरुपका कार्यक्रम अघि सोरको बताए । उनले पालिकाले चालु आर्थिक वर्षमा पनि सबै भन्दा धेरै बजेट कृषि क्षेत्रमा विनियोजन गरेको बताउँदै कृषिबाटै आत्मनिर्भर सफल व्यवसायी बन्नका लागि सबै कृषकलाई आग्रह गरे उनले यो आर्थिक वर्षमा मात्रै चार करोड बढी बजेट कृषि क्षेत्रमा विनियोजन भएको हुँदा हरेक टोलमा कम्तिमा एकजना व्यसायिक किसान बनाउने लक्ष्य पालिकाले लिएको बताए ।

पछिल्लो समय रिब्दीकोटमा अकबरे खुर्सानीको राम्रो उत्पादन भएको हुँदा यसलाई प्रर्बद्धन गर्न पालिकाले तालिम र प्राविधिक ज्ञानका लागि अन्य संस्थासंग समन्वय गरेर अघि बढेको अध्यक्ष कार्कीले बताए ।

उनले पछिल्लो समय परम्परागत खेतीमा वन्यजन्तुको समस्या रहेको हुँदा पालिकाले वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई अघि सारेको बताउँदै किसानले गाउँमै बसेर पनि राम्रो आम्दानी गर्नका लागि पालिकाले वातावरण सृजना गरिदिएको बताए ।

तालिममा साविकका ९ वटै वडाका किसानलाई अकबरे खुर्सानीसंगै अन्य तरकारी लगाउदा, मल, बीउ, विषादी प्रयोग र जैविक रुपमा गर्न सकिने उपचारका बारेमा समेत जानकारी दिइएको थियो ।

यस्तै मलखात व्यवस्थापन, खेतीमा गर्नुपर्ने विभिन्न चरणका उपचार र स्याहार प्रक्रियाका बारेमा किसानलाई जानकारी दिएइको ग्रामीण आर्थिक विकास संघ (रेडा) की कृषि प्राविधिक सुरक्षा विष्टले जानकारी दिइन् ।

तालिममा सहभागि किसानले याे तालिम लिएपछि  कृषिमा थप विस्तार र उत्पादनमा वृर्दि हुने अपेक्षा गरेकाे बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer