
तानसेन। रुरु क्षेत्र धाम रिडीमा काली गण्डकी स्नाान गरी भगवान ऋषीकेशको दर्शन गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नेपालको चार धाममध्येको एक रुरु क्षेत्र धाम रिडीमा माघे संक्रान्तिका अवसरमा पाल्पासंगै छिमेकी जिल्लाहरु र भारतबाट समेत बाक्त रुपमा भक्तजनको उपस्थितीले भीड लागेको हो ।
लुम्बिनी प्रदेशको पाल्पा र गुल्मीसंगै गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा माघे संक्रान्तिका कालीगण्डकी स्नान गरी भगवान ऋषीकेशको दर्शन गर्नाले मनोकाक्षा पुरा हुने तथा देव ऋण, पितृ ऋण तथा ऋषि ऋणबाट मुक्त हुने कथन बराहा पुराणमा उल्लेख रहेको छ। सोही कथनका आधारमा भक्तजनको बाक्लो उपस्थिती देखिएको भक्तजनहरुले बताएका छन् ।
विश्वकै पवित्र धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय तीर्थस्थल मानिने हुँदा रुरु क्षेत्रमा माघी मेलाभर्नाका लागि शनिबारदेखि नै भक्तजन र व्यापरीहरु नदी किनारमा पुगेका थिए ।
कालीगण्डकी स्नान पश्चात स्थानीय उत्पादनके खरिद गर्न तथा विभिन्न दान पुन्यका कार्यहरु गर्न पनि भक्तजन रिडीमा पुग्ने गरेका छन् ।
जेठी माइली र कान्छी गरी तीन दिनसम्म चल्ने मेलामा स्थानीय कला संस्कृति पर्दशनीका साथै संघसंस्थाहरुले विविध कार्यक्रम समेत गर्ने गरेका छन् ।
काेराेना महामारी पछि हाल नदी स्नान र किनमेल गर्नका लनगि भक्तजनकाे भीड लागेकाे स्थानीयले बताएका छन् ।