रिडी मेलामा आज पनि भक्तजनको घुइँचो

तानसेन। माघे संक्रान्तिको दास्रो दिन रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नाान गरी भगवान ऋषीकेशको दर्शन गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नेपालको चार धाममध्येको एक पवित्र तिर्थस्थल रुरु क्षेत्र धाम रिडीस्थित कालीगण्डकी स्नान तथा मेला मेला भर्नेको भीड लागेको हो ।

पाल्पा, गुल्मी र स्याङ्जा गरी तीन जिल्लाको संगमस्थलमा रिडीमा माघे संक्रान्तिका अवसरमा १ गते जेठी, २ गते माइली र ३ गते कान्छी गरी तीन िदनसम्म कालीगण्डकी स्नान गरी भगवान ऋषीकेशको दर्शन गर्ने प्रचलन छ । यसरी कालीगण्डकी स्नान गरेमा मनोकाक्षा पुरा हुने तथा देव ऋण, पितृ ऋण तथा ऋषी ऋणबाट मुक्त हुने कथन बराहा पुराणमा उल्लेख रहेको छ। सोही कथनका आधारमा पाल्पासंगै छिमेकी जिल्लाहरु र भारतबाटसमेत भक्तजनको घुइचो लाग्ने गरेको छ ।

विश्वकै पवित्र धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय तीर्थस्थल मानिने हुँदा रुरु क्षेत्रमा माघी मेलामा ५ दिनसम्म किनमेल हुने र सास्कृतिक कार्यक्रम हुनेछ ।

मेलामा पश्चिम नेपालका जिल्लामा उत्पादन भएका सामग्री बेच्ने तथा उक्त सामग्री खरिद गर्नका लागि भक्तजन र विभिन्न जिल्लाबाट मानिसहरुले रिडी मेलामा रौनक थपेको ऋषीकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया