मन्त्रालय टुंगो लगाउन सत्तारुढ दलकाे बैठक जारी

 काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा  उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।  जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।

अहिले बसेकाे बैंठकले भागबण्डा टुंगाउने स्राेतले जनाएकाे छ।

तपाईको प्रतिक्रिया