सुदूरपश्चिमको सभामुखमा नागरिक उन्मुक्तिले माओवादीलाई मत दिने

काठमाडाैं। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्न सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल दुबैले बहुमत ल्याउन असफल भएका थिए ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिएकी हुन् ।

सुदूरपश्चिम प्रदेशभामा ३० पुसमा सभामुख चयनका लागि भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेकाे थिएन ।

सोमबार पुन: मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शोकका कारण बैठक बसेन। अर्को बैठक मंगलबार विहान १० बजेलाई तोकिएको छ । नागरिक उन्मुक्ति पार्टीले मतदानमा सहभागि भएसंगै  मंगलबार सभामुखकाे टुंगाे लाग्ने देखिएकाे छ ।

तपाईको प्रतिक्रिया